नेपाली कांग्रेसले इतिहासको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य बन्दैन: पूर्व उपसभापति श्रेष्ठ

आइतबार, २७ पुस २०८२

काठमाडौं :  नेपाली कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने पूर्वउपसभापति गोपालमान श्रेष्ठले बताएका छन्। आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पार्टीका पुर्व उपसभापति श्रेष्ठले अहिले जनताको अपेक्षा बद्लिएको भन्दै पार्टीको चल्ने शैली पनि बदल्नुपर्ने बताएका हुन् ।

 

अब नयाँ युवाहरुलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको श्रेष्ठले बताए । श्रेष्ठले ‘ देश नै रहेन भने कोसँग शासन गर्ने ? कांग्रेसले राणा शासन फाल्यो गणतन्त्र ल्यायो तर इतिहासको ब्याज मात्र खाएर अब भविष्य चल्दैन् । अहिले पुस्ता बद्लिएको छ । जनताको अपेक्षा बद्लेको छ । त्यसैले अब हाम्रो पार्टी चल्ने शैली पनि बदल्नुपर्छ । अब नयाँ युवाहरुलाई अगाडि सार्नुपर्छ । नयाँ युवा र युवतीहरुलाई यो देशको हरेक ठाउँमा ल्यानुपर्छ । उहाँहरुलाई उठाएर जिताउनुपनि पर्छ ।’ भने । 

 

 गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश जटिल अवस्थामा रहेको भन्दै पार्टीमा गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा समेत पुर्व उपसभापति श्रेष्ठले  राखे ।

 

‘म यहाँ कुनै स्वार्थको पोको दिएर आएको छैन् । आज म यो ऐतिहासिक मञ्चमा उभिएर देशको अस्तित्वको विषयमा बोल्न आएको हुँ । स्थिति अत्यन्तै जटिल छ । भदौं २३ र २४ गतेको घट्नाले के देखाएको छ ? अब गुटको कुरा नगरौं पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन हामी एकजुट हुनुपर्छ’ उपसभापति श्रेष्ठको भनाई रहेको थियो । त्यस्तै उनले नेपाली कांग्रेस पार्टी कमजोर भयो भने देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीलाई कम्जोर हुन दिनु नहुने समेत बताए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार