काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको बताएका छन् ।
आइतबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लिङ्देनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताएका हुन् ।
त्यस्तै लिङ्देनले अहिले राष्ट्रिय राजनीति गम्भीर दिशातर्फ गइराखेको भन्दै राजनीति ,अर्थतन्त्र या लोकतन्त्र सबै क्षेत्रमा पृथ्वीपथ नै सबै समस्याको समाधानको रुपमा देखिएको धारणा समेत राखे ।
राप्रपा अध्यक्ष लिङ्देनले भने,‘अहिले नेपालको जुन अवस्था छ । त्यो सबै परिस्थितिमा पृथ्वीपथ सबै समस्याको समाधानको रुपमा देखिएको छ । अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको छ । तरल बनिराखेको छ । यसको एक मात्र समाधान ,चाहे अर्थतन्त्रकै दृष्टिकोणले होस् ,पराराष्ट्र नीतिको सन्दर्भले होस् या लोकतन्त्रको दृष्टिकोणले होस् यो सबैमा पृथ्वीपथ नै सबै समस्याको समाधानको पाटो हो, भने ।
प्रतिक्रिया