विराटनगर : विराटनगरको कञ्चनवारीमा पैदलयात्रीलाई बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत कञ्चनवारी खण्डमा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले ठक्कर दिदा पैदलयात्री विराटनगर महामनगरपालिका वडा नम्बर ४ की ७५ बर्षीय डम्बरकुमारी नेपालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिउँसो ३ः१५ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले बाटो काट्दै गरेकी नेपालमा ठक्कर दिएको थियो । बसको ठक्करले गम्भिर घाइते भएकी नेपाललाई उपचारका लागि कोशी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । नेपालको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।
बस र चालक झापाको कनकाई नगरपालिका वडा नम्बर ३ कासमीर लुइँटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया