बालेन लक्षित ओलीको टिप्पणी-धितो न जमानीको मान्छेलाई मत नदिनुस्

विहीबार, ०८ माघ २०८२

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउने बताएका छन्।

बिहीबार झापाको दमक-८ स्थित नेपाली कम्युनिष्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउने बताएका हुन्।

जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउन सुझाव दिए।

नेता पुरीले आफुले सवै प्रमाणहरु संकलन गरि सकेको र कानूनी उपचारको प्रकृया पनि अघि बढाएको बताए। आगजनी र तोडफोडका क्रममा क्रममा भएका सवै सम्पत्ती लुटिएको, घरायसी सामानहरु जलाईएको र घर पनि तोडफोड गरिएको पुरीले बताएका थिए।

फरक प्रसंगमा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरे। बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गरे।

नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न आग्रह गरे। आफूले महोत्तरीस्थित रास्वपा वरिष्ठ नेता बालेन साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा बालेनले के गरेका छन्? भन्दै प्रश्न गरे।

साहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको गुनासो गरेको बताए। हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने बताए।

उनले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार