सिटिजन लाइफको मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स सम्पन्न

विहीबार, २२ माघ २०८२

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स भव्यतापूर्वक सम्पन्न भएको छ । सो अवसरमा सतप्रतिसत  लक्ष्य पूरा गर्ने ४८ शाखाका  व्यवस्थापकहरुलाई  सम्मान गरियो। 
चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको हो । 

 

यही माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई दोलखा जिल्लाको रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसर समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

 

कम्पनीको मध्यावधि व्यवसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउन आयोजित यस सम्मेलनमा व्यवस्थापन टिम, केही विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापक समेत गरी ७७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिक छलफल गरिएको जानकारी गराइयो ।

 

सोही अवसरमा चालु आर्थिक वर्षको मध्यावधिसम्म सतप्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखाका व्यवस्थापकलाई सम्मान गरिएको थियो । यसले कम्पनीका शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको कम्पनीले  विश्वास गरेको छ ।

साथै, कार्यक्रममा कम्पनीका सेवाहरुलाई थप ग्राहक–केन्द्रित, प्रविधिमैत्री र सरल बनाउन आवश्यक प्रशासनिक सुधारका विषयमा पनि विस्तृत छलफल भएको थियो ।
कम्पनीले आगामी दिनमा पनि नवीनतम डिजिटल सेवाहरु विस्तार गर्दै लैजाने, नियामकीय निर्देशनको पूर्ण पालना गर्ने तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार