शेरवहादुर देउवाको विरासत उचो हुनेगरि काम गर्छु : नैनसिंह महर

विहीबार, २२ माघ २०८२

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट डडेलधुरामा उम्मेदवार रहेका उम्मेदवार नैनसिंह महरले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनी आफ्ना चुनावी एजेण्डा बोकेर जनताको घरदैलोमा पुग्ने गरेका हुन ।

महरले घरदैलोका क्रममा आफूले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको विरासतलाई उचो हुनेगरि काम गर्ने प्रतिवद्धतासमेत जनाउने गरेका छन् । ‘डडेलधुरा देवभूमि हो । यस पावन भूमिले भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौत, शेरबहादुर देउवा जस्ता सपुत जन्माएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रद्धेय नेता शेरबहादुर देउवाको अतुलनीय भूमिका छ । म उहाँको उत्ताराधिकारी बनेर आएको छु । उहाँका बाँकी सपना र योजना पूरा गर्न तपाईंहरूको अमूल्य मत पाउनेमा म विश्वस्त छु,’ महरले भने,

 

महरले डडेलधुरा मात्र नभइ आफू सुदूरको समृ्द्धिका लागि कटिबद्ध भएर काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले डडेलधुरा प्रचुर सम्भावना बोकेको जिल्ला भएको स्मरणसमेत गरेका छन् । पर्शुराम र आलिताल जस्ता धार्मिक र एतिहासिक स्थलको प्रवद्र्धन गर्नसके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने महरले विश्वास व्यक्त गरेका छन् ।

नवदुर्गादेखि गन्यापधुरासम्मको धार्मिक पर्यटनको विकासमा आफूले विशेष जोड दिने समेत महरले प्रतिवद्धता जनाएका छन् । डडेलधुरा ३४ वर्षदेखि देउवा चुनाव जित्दै आएको क्षेत्र हो । यसपटक महरसँग चुनावी प्रतिस्पर्धामा नेकपा एमालेबाट पूर्व राष्ट्रियसभा सदस्य चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल रहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा.तारा जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोविन्द खडायत चुनावी मैदानमा छन् । त्यसैगरी श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन उम्मेदवार छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार