एमाले धनकुटाद्वारा स्वतन्त्र उम्मेदवारमाथि आचारसंहिता उल्लंघनको आरोप, कारबाहीको माग

शनिबार, २४ माघ २०८२

धनकुटा : आफना उम्मेदवारलाई लक्षित गरी सामाजिक सञ्जालबाट नियोजित रुप्मा दुष्प्रचार गर्ने व्यक्तिलाई कारवाही गर्न नेकपा एमाले धनकुटाले माग गरेको छ । 

एमाले धनकुटा जिल्ला कमिटीले आफना उम्मेदवार राजेन्द्रकुमार राई विरुद्ध स्वतन्त्र उम्मेदवार लाक्पा तामाङसंग सम्वन्धित फेसबुक पेजबाट भुपाल थापा नाम प्रयोग गरी अडियो भिडियो तथा प्रचार सामाग्री बनाएर दुष्प्रचार गरिएको भन्दै कारवाहीको माग गरेको हो । 

 

निर्वाचन प्रचारप्रसारका क्रममा आफ्ना उम्मेदवारविरुद्ध भ्रामक सूचना फैलाइएको भन्दै एमाले धनकुटाले स्वतन्त्र उम्मेदवार पक्षमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप समेत लगाएको छ । 

शनिवार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरी एमाले धनकुटाले  सामाजिक सञ्जाल प्रयोग गरेर नक्कली व्यक्ति खडा गरी गलत फोन नम्बरमार्फत भ्रमपूर्ण प्रचार गरिएको जनाएको छ । एमाले धनकुटाले अडियो, भिडियो तथा प्रचार सामग्री सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसले निर्वाचन आचारसंहिता २०८२ सहित प्रचलित ऐन, कानुन र नियमको उल्लंघन गरेको दाबी गरेको छ।

पत्रकार सम्मेलनमा  त्यस्ता सामग्री तत्काल हटाउन, प्रयोग गरिएको मोबाइल नम्बर तथा अडियो–भिडियोको प्राविधिक छानबिन गरी संलग्नमाथि कडा कारबाही गर्न माग गरियो । एमाले जिल्ला अध्यक्ष शिव आङला लिम्बुले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिई आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी समेत दिए।
राजनीतिक आस्थामाथि आक्रमण गर्ने, भ्रम फैलाउने र मानहानि गर्ने गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै एमालेले यस्ता कार्य दोहोरिए प्रतिकार गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार