समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने तयारी

मंगलबार, २७ मंसिर २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज साँझ सम्ममा नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ । यसअघि नै समानुपातिकतर्फको सिट संख्या निर्धारण भइसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ जसपा र जनमतले समान ५-५ सिट प्राप्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार