कोरियाली विश्वविद्यालयबाट ५० लाख बराबरको छात्रवृत्ति

शुक्रबार, १२ जेठ २०८०
विराटनगर । विराटनगर १४ मा अवस्थित काठमाडौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रूपमा सञ्चालित एस्पायर कलेजमा कोरियाली विश्वविश्वविद्यालय चिन्जु नेशनल युनिभरसिटी अफ एजुकेसनका प्रोफेसर डा. होङले भ्रमण गरेका छन् । लुपिक प्रोजेक्टका प्रोजेक्ट मेनेजर समेत रहेका प्रोफेसर होङ काठमाडौं विश्वविद्यालयले आयोजना गरेको एस्पायर कलेजका विद्यार्थी तथा अभिभावकसँगको अन्तरक्रित्मक कार्यक्रमका सहभागी भएका हुन् । कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रोफेसर होङले शिक्षा सामाज रूपान्तरणका लागि हुनुपर्नेमा जोड दिए । यसका लागि सर्वप्रथम शिक्षक नै सम्वाहक बन्नसक्ने उनको भनाइ थियो । दक्षिण कोरियाले जे जति विकास गरेको छ भने त्यो शिक्षाबाट मात्र सम्भव भएको उनले बताए । एस्पायर कलेजमा बिटेक, आईटी अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान गरिएको हो । उक्त छात्रवृत्ति ५० लाख रुपैयाँभन्दा बढीको भएको जनाइएको छ । कलेजका प्रिन्सपल सिएम बस्नेतले आफुले लिएको २०औं वर्षको लामो शैक्षिक अनुभव अनुसार विद्यार्थीहरूलाई जीवनपयोगी शिक्षा दिने र काठमाडौं विश्वविद्यालयको शैक्षणिक अभ्यास र परम्परालाई पुर्णतः आत्मसात गर्ने बताए । एस्पायर कलेजबाट ब्याचलर गर्ने विद्यार्थी आत्मनिर्भर बन्ने र सीप र संस्कार अनि प्रविधिबारे जानकार हुने उनले दाबी गरे । कलेज समग्र रुपमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र सोही अनुसारका विषयहरु अध्यापन गराइएको हुँदा कोशी प्रदेश तथा मधेस प्रदेशका विद्यार्थीहरु लाभान्वित हुनसक्ने अवस्था रहेको र कोरियाली विश्वविद्यालयको छात्रवृत्तिले अझ विद्यार्थी र अभिभावकलाई प्रेरणा जगाएको उनले उल्लेख गरे । कार्यक्रममा कलेजका आइटी संकायका कोअर्डिनेटर खेमनाथ खतिवडाले कोभिडका कारण थलिएको अर्थतन्त्र र यसले समग्र बिश्वमा पारेको असरका बाबजुत पनि कोरियन छात्रवृत्ति प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको दोश्रो सत्रमा काठमाण्डौं विश्वविद्यालय स्टिम एजुकेशनका हेड अफ डिपार्टमेन्ट एसिस्टेन्ट प्रोफेसर बिनोदप्रसाद पन्तले विराटनगरका तथा आसपासका क्षेत्रका २० वटा विद्यालयका नेतृत्वकर्ताहरूसॅग स्टिम एजुकेसन सम्बन्धी छलफल गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार