पत्रकार बाँस्काेटाकाे 'कञ्चनजङ्घाको काख'बाट विमोचित

शनिबार, ०२ पुस २०७९
पत्रकार गिरिराज बाँस्कोटाको नियात्रा संग्रह कञ्चनजङ्घाको काखबाट विमोचित भएको छ । विभिन्न क्षेत्रका रङ्गीन तस्वीरसहितको नियात्रा संग्रह पाँचथर सदरमुकाम फिदिममा विमोचन भएको हो । मोटरसाइकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्वपश्चिम यात्रा, कञ्चनजङ्घा हिमाल क्षेत्रलगायतका विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा रहेका छन् । हरेक ठाउँको यात्राका तस्वीरसमेत पुस्तकमा समावेश गरिएको छ । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त किताब विमोचन गरेका थिए । पछिल्ला दश वर्ष गरिएका यात्राका विषयवस्तु उक्त पुस्तकमा छन् । चौरी, गुराँस, तितेमाछाजस्ता विषयलाई पनि समेटिएका छन् । नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटाका विषयहरू समेटिएका छन् । मन्त्री आङ्बोले प्रकाशन गरेको उक्त किताको ज्ञान ज्योती पुस्तक पसलले वितरण गर्दैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार