कांग्रेसमा चुनाव ओली सर्वसम्मत

बुधबार, ०६ पुस २०७९
निर्वाचनको अन्तिम परिणाम आइसकेपछि नेपाली राजनैतिक दलहरु यतिबेला आफ्नै पार्टीको संसदीय दलको नेता छान्नमा व्यस्त छन् । प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता चुनिनै पर्ने प्राबधानका कारण पनि यसलाइै बिशेषरुपले हेरिन्छ । नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव गर्दै गर्दा नेपाल कम्युनिष्ट पार्टी एमालेमा भने अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्बसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको एमालले जनाएको छ । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । छैटौंपटक सासंद बनेर ससंद भवन छिर्दै गरेका ओ‌ली झापा क्षेत्र नम्बर ५ बाट ५२ हजार ३१९ मतका साथ प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार