प्रदेश १ पहिलो बैठकमा ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ पेस

आइतबार, १७ पुस २०७९
प्रदेश १ को पहिलो बैठकमा प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ पेस भएको छ । आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश निजामती सेवा अध्यादेश पेश गरेका हुन् । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले काम कारवाही गर्नका लागि छुट्टै अध्यादेश ल्याउनु परेको कार्कीको भनाइ थियो । प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकमा केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पेश भएको छ । प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार