राष्ट्रसंघका महासचिवको भ्रमण, जलवायु परिर्वतनका मुद्दामा विश्वको ध्यानाकर्षण गराउने महत्वपूर्ण अवसर ः एमाले प्रमुख सचेतक गिरि

आइतबार, १२ कार्तिक २०८०
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले, राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण राष्ट्रिय मुद्दामा प्रभावकारी ध्यानाकर्षणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । उनले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सम्पूर्ण राजनीतिक दल जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने आवश्यकतासमेत औल्याएका छन् । आइतबार संसद बैठक बस्नु अघि, कुरा गर्दै गिरिले, राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण अत्यन्तै ठुलो अवसर र ऐतिहासिक घटना भएको भन्दै यसको सदुपयोगका लागि सबै जिम्मेवार ढंगले प्रस्तुत हुन जरुरी रहेको बताए । जलवायु परिर्वतन, गरिबी न्यूनिकरणलगायतका विषयमा संसदले राष्ट्रसंघको गम्भीर ध्यानाकर्षण गराउनु पर्ने उनको भनाई छ । ‘संयुक्त राष्ट्रसंघका महासचिव आएको बेलामा अहिले जुन ग्लोबल इस्युहरु छन् । जसले गर्दाखेरी नेपालले धेरै ठुलो कन्र्सन राख्नुपर्ने मुद्दाहरु छन् । वातावरणका मुद्दाहरु, ग्लोबल वार्मिकका सवालहरु त्यसले नेपाल जस्तो राष्ट्रलाई पारेको प्रभावको कुराहरु छन्। ’ उनले भने‘ यस्ता मुद्दाहरुमा संयुक्त राष्ट्रसंघलाई गम्भीरताका साथ ध्यानाकर्षण गराउने र संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियाको बारेमा गरेको सहयोगको बारेमा धन्यवाद दिने बाँकी रहेका कामहरुका बारेमा पनि हामीले स्पष्ट रुपमा राख्छौं । आजै संसद बैठक अघि सभामुखले, शीर्ष दलका प्रमुख सचेतकसंग छलफल गर्दैछन् । सो बैठकमा पनि संसदलाई कसरी प्रभावकारी बनाउने र राष्ट्रसंघका महासचिवको मंगलबारको सम्बोधनबारे समेत छलफल हुनसक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार