उपप्रमुख संग्रौलाको अभिव्यक्ति प्रति माओवादीको आपत्ति

सोमबार, २० कार्तिक २०८०
बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलालाई गलत हर्कत नगर्न नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले चेतावनी दिएको छ । [video width="640" mp4="https://pradeskhabar.cdnsolution.net/uploads/2023/11/397615160_7066189766796001_653792251745799143_n.mp4"][/video] बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौला र नेकपा माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बावीच भएको टेलिफोन सम्वाद । नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगर कमिटीका अध्यक्ष मोहन सुब्बालाई भाटे कारबाही गर्ने अडियो भिडियो सार्वजनिक भएकोप्रति नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संग्रौलाले माओवादी केन्द्र र सिंगो पार्टीप्रति गलत आक्षेप लगाउँदै दिएको अभिव्यक्ति बिरुद्ध पार्टीले विज्ञप्ति जारी गर्दै संग्रौलालाई गलत हर्कत नदोहोर्याउन चेतावनी दिएको हो । सोह्र बर्ष अघि भएको जग्गाको बिषयलाई लिएर संग्रौलाले कपोकल्पित र भ्रामक अभिव्यक्ति दिंदै पार्टी र नेतृत्व बिरुद्ध योजनाबद्ध ढंगमा लागेको भन्दै बिर्तामोड नगर कमिटीले विज्ञप्तिमार्फत आरोप पुष्टि गर्नसमेत चुनौती दिएको छ । नगर उपाध्यक्ष जनबहादुर जेबी जबेगु र सचिव गणेश कालिकोटेले हस्ताक्षर गरेको विज्ञप्तिमा पटक पटक पार्टी र नेतृत्व विरुद्ध मिथ्या आरोप लगाउँदै आएका संग्रौलालाई बिना प्रमाण जथाभावी नबोल्नसमेत चेतावनी दिएकोछ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार