भाइटीकाको साइत सार्वजनिक: उत्तम साईत १०ः५१ बजे

सोमबार, २० कार्तिक २०८०
काठमाडौं , । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत र्साजनिक भएको छ । कात्तिक २९ गते दिउँसो १०ः५१ बजे उत्तम साइत परेको हो । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार