झापा । १० महिने शिशू चोरी गर्न खोज्दा एक व्यक्ति झापाको हल्दिवारीबााट पक्राउ परेका छन् । हल्दिवारी गाउँपालिका ४ बाट अन्दााजी २५ वर्षीय भारतको इस्लामपुर घर बताउने उनी पक्राउ परेका हुन् । लोकमान र लक्ष्मी राईका १० महिनाका छोरालाई कोक्रोबाटै लैजान लागेको देखेपछि उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । भारतको इस्लामपुर घर भएका ती भारतीय युवाको नाम बुद्ध उराव भएको र उनी गोलधाप भुतेनी खोला पारी बस्दै आएको बताइएको छ । उनको मानसिक सन्तुलन ठीक नभएको आशंका पनि गरिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए ।
प्रतिक्रिया