झापा । अर्जुनधारा नगरपालिका र जापानको टोनो सिटी लातेबीच भगिनी सम्बन्ध स्थापित गर्न जापानी टोली झापा आएको छ । अर्जुनधारा नगरपालिकाको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिन बुधबार जापानको टोली अर्जुनधारा नगरपालिका आएको हो ।
टोलीले अर्जुनधारा–४ र ५को अवस्थको अनुगमन तथा अवलोकन गर्ने अर्जुनधारा नगरप्रमुख वलदेवसिंह गोम्देन तामाङले जानकारी दिए । चार सदस्यीय टोलीमा टोनोसिटी लाते शहरकी उपमेयर सोकी सुजुकी, प्रमुख परीक्षक यासुहिको कुराउची, यिमिको किकुची, अन्तर्राष्ट्रिय सल्लाहकार टोमोनरी किकुची रहेका छन् ।
टोलीले नगरमा भएका स्वास्थ्य, शिक्षा र कृषि सम्बन्धी अध्ययन तथा अबलोकन गरेर भगिनी सम्बन्ध विस्तारका लागि अगाडि बढ्ने नगरले जनाएको छ । टोलीलाई अर्जुनधारा नगरपालिकामा पञ्चेबाजासहित स्वागत गरिएको थियो ।अनलाइनमा प्रयोग गरिएको तस्बीर शब्दपत्रबाट लिइएको हो ।
प्रतिक्रिया