सवारी दुर्घटनामा राजवंशीको मृत्यु

शुक्रबार, २४ कार्तिक २०८०
झापा। पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको चारपोनमा सवारी साधनको ठक्ककरबाट एक ब्यक्तिको मृत्यु भएको छ । शुक्रवार विहान पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक गाडीले पैदलयात्री बिर्तामोड–२ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाइएको छ । राजवंशीलाई सडक पारगर्दै गर्दा सवारीले ठक्कर दिएको थियो ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार