साढे ९ लाख रुपैयाँ बरावरको पटाका नष्ट

शुक्रबार, २४ कार्तिक २०८०
झापा। तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ पटाका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए । बरामद गरिएको १० वटा बोरामा जगमग बम, खुर्सानी बम, रकेट, झिरझिरे, अनार लगायतको पटाकाहरू रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । चाडपर्वलाई मध्यनजर गरी सीमा नाकाबाट पटाकाहरू तस्करीको माध्यमबाट भित्रिन थालेपछि नाकामा खटिएका सशस्त्र प्रहरीले निगरानी बढाउँदा सो मूल्य बराबरको पटाका बरामद गर्न सफल भएको उनको भनाई छ । बरामद गरिएको पटाकाहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा परिसरभित्र खाडल खनेर स्थानीय जनप्रतिनिधि, झापा उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीको रोहवरमा शुक्रबार बिहान नष्ट गरिएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार