पत्रकार उपचार कोषलाई दुलालको सहयोग

शनिबार, २५ कार्तिक २०८०
बिर्तामोड, झापा बाह्रदशीका सामाजिक व्यक्तित्व तथा राजनीतिकर्मी रामप्रसाद दुलालले पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा दुलालले शुक्रबार उक्त रकम सहयोग प्रदान गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । दुलालले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन आगामी दिनमा पनि सहयोग गर्ने बताउदै अरुलाई पनि सहयोगका निम्ति अपिल गरेका छन् । महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा दुलाललाई धन्यवाद ज्ञापन गरे । रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्य रञ्जित परियार, होमप्रकाश अधिकारी तथा दिलकुमार नेम्वाङ लगायतको सहभागिता थियो । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार