बाह्रदशीका वेपत्ता हस्दा मृत फेला

विहीबार, ३० कार्तिक २०८०
झापा । विगत दश दिनदेखि बेपत्ता भएका झापा बाह्रदशी– ५ का ४० वर्षीय ताला हस्दा मृत फेला परेका छन् । उनी हिजो बिर्तामोड १० को बाँसघारीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनले लगाएको कपडाले पहिचान गरिएको हो । उनको अनुहार नचिनिने कुहिएको अवस्थामा पुगिसकेको र लाशलाई पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । उता देउसी खेल्न भन्दै घरबाट हिँडेका झापा मेचीनगरका एकजना युवा आज दिउँसो मृत भेटिएका छन् । हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका भरत जैसवाल मृत भेटिएका हुन् । ३० वर्षीय जैसवाल मेचीनगर ११ स्थित गोजाबस्तीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार