भद्रपुर, बाह्रदशी र झापामा विहीवार स्थानीय विदा

बुधबार, ०६ मंसिर २०८०
झापा । हरिवोधिनी एकादशीको अबसर पारेर झापाको बाह्रदशी र झापा गाउँपालिकाले विहीवार स्थानीय विदा दिएको छ । हरिवोधिनी एकादशी कत्तिक शुक्लपक्षको एकादशीलाई भन्ने गरिन्छ । बाह्रदशी र झापा गाउँपालिकाले छुट्टा ÷ छुट्टै एक सार्वजनिक सूचना जारी गर्दै विहीवार स्थानीय विदा दिने जनाएको हो । बााह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले स्थानीय विदा दिँदै देश तथाा विदेशमा रहेका सबै नेपालीलाई हरिवोधिनी एकादशीको शुभकामना दएका छन् । उता भद्रपुर नगरपालिकाले पनि एकादशीको अवसर पारेर सार्वजनिक विदा दिएको छ । नगरप्रमुख गणेश पोखरेलले सूजना जारी गर्दै विहीवार स्थानीय विदा दिएको जनाएका हुन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार