‘गाउँ, टोल वडादेखिका व्यावसायीहरुको समस्या सोध्नु त परको कुरा यस्तो भएको छ, उस्तो भएको छ भनी लौन यसो गर्दिनुस् भनेर बिन्ती बिसाउँदा पनि सुन्नुभएको छैन । सुनेर पनि कानमा तेल हालेर बस्नुभएको छ । त्यसकारण इटहरी हब हुनै लाग्दा नयाँ व्यवसायी आउने क्रम रोकिएको छ,’उनले भने व्यापारको नाममा बोनी मात्र हुने र सटर भाडा, बैकको ब्याज तिर्न नि कठिन हुने अवस्था आएको उनले बताए ।खुल्ला बोर्डर भएकाले चोरी पैठारी बढेको, भन्सार तिरेर ल्याएको सामान भन्दा चोरी पैठारी गरेर ल्याएको सामान सस्तो हुने भएकाले व्यापारीहरूको सामान कम बिक्री हुने गरेको उनले बताए । इटहरी मात्र नभएर नेपाल भरकै स्थानीय तहले व्यवसायीको हितमा ध्यान नदिएको अध्यक्ष पराजुलीले बताए । ‘हामी व्यावसायीहरुले पञ्चायती व्यवस्था हेर्यौं, हिजो राजनीतिक दल आएपछि व्यवसाय राम्रो होला भन्ने आस जगायो । फेरि अर्को माओवादीको जनयुद्ध पनि हेर्यौं, उनीहरूले चलाएको सरकार पनि हेर्यौं । एमाले सरकार आएपछि केही होला भन्ने आस थियो त्यसपछि काङ्ग्रेस हुँदै गठबन्धनको पनि हेर्यौ हेर्यौं तर कुनै पनि सरकार आउँदा नहुने रहेछ भन्नेमा हामी पुगेका छौँ, अध्यक्ष पराजुलीले गुनासो पोखे । सरकारकै कारण कारखानाहरू बन्द हुने अवस्था आएको र चल्दाचल्दैको उद्योगको बिजुलीको लाइन बिना सूचना काट्ने । बन्द गर्ने । अनि फेरि गल्ती भयो भयो भन्दै लाइन जोडिने गरिएको समेत उनले बताए । सरकारले व्यवसायीहरूका लागि नीति समेत ल्याउन नसकेको अध्यक्ष पराजुली बताउँछन् । परिस्थिति अनुसार चल्न र टिकेर व्यवसाय चलाउन उत्साह दिने काम नगरेको, निजी क्षेत्रसँग छलफल नगर्ने तर खाली कर मात्र उठाउने । कर मात्रै तिर भनेर दबाब दिने गर्दा समय एकदमै जटिल देखिएको छ ।
यही अवस्था हो भने पाँच वर्षमा कलकारखाना र व्यवसाय सबै बन्द हुन्छन् र पासपोर्टमा भिसा लगाउँदै बिदेसिनुपर्ने अवस्था आइसकेको छ । १२ कक्षा पास गरेर जसरी विद्यार्थीहरू विदेश जान्छन् त्यसरी नै इटहरीका व्यवसायीहरू विदेश पलायन हुने अवस्थामा छन्,’ अध्यक्ष पराजुलीले दुखेसो पोखे ।स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै पनि नीति नल्याउँदा ब्यवसायीहरुलाई गाह्रो हुने अवस्थामा रहे पनि इटहरी उद्योग वाणिज्य सङ्घले ब्यवसायीहरुको हक हितको लागि आवाज उठाउँदा मुद्दाहरूमाथि कुनै सुनुवाइ अध्यक्ष पराजुलीले बताए । उद्योग वाणिज्य सघं इटहरीको अध्यक्ष पदमा निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा अध्यक्षको यस्तो गुनासो सार्वजनिक भएको हो ।
प्रतिक्रिया