श्रीलङ्कामा कार रेस दुर्घटना हुँदा ७ जनाको मृत्यु

सोमबार, १० बैशाख २०८१
कोलम्बो । श्रीलङ्कामा भएको एक कार रेस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
मध्य श्रीलङ्काको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् । दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । श्रीलङ्कामा सवारीसाधनको दुर्घटना सामान्य मानिन्छ ।  सन् २०२३ मा श्रीलङ्कामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार