बिजुली गाडीका लागि नयाँ ब्याट्री विकास, १० मिनेट चार्ज गर्दा ६०० किमि गुड्ने !

शनिबार, १५ बैशाख २०८१
काठमाडौं । चर्चित ब्याट्री निर्माता सीएटीएल (कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड)ले बिजुली गाडीका लागि नयाँ ब्याट्री विकास गरेको छ । १० मिनेट चार्ज गर्दा गाडीलाई ६०० किमी कुदाउन सक्नेगरी कम्पनीले ​शेनसिङ प्लस ब्याट्री शेनसिङ प्लस ब्याट्री (Shenxing Plus battery)  ल्याएको हो । ब्याट्रीको लागत कम हुने र सुरक्षित हुने भएकाले कार कम्पनीहरूले सस्तो सवारी साधनका लागि लिथियम आइरन फस्फेट प्रयोग गर्छन् । ​सीएटीएलको शेनसिङ प्लस ब्याट्रीमा भने नयाँ सामग्री र विशेष डिजाइन गरिएको छ । कम्पनीका अनुसार ब्याट्रीको ऊर्जा घनत्व सुधार गर्न र चार्जिङ तथा डिस्चार्जिङ भोल्युमको विस्तार नियन्त्रण गर्न यसमा स्व(विकसित थ्रीडी हनीकोम्ब लागू गरिएको छ । साथै कम्पनीले यसमा स्पेस उपयोगमा सहयोग गर्ने सेल टु बडी ३ पोइन्ट ओु टेक्नोलोजी प्रयोग गरेको छ, जसले ब्याट्रीको क्षमता सात प्रतिशतले बढाउने दाबी गरिएको छ । शेनसिङ प्लस ब्याट्री एक फोरसी (4C)  ब्याट्री भएकाले यसको चार्जिङ क्षमता चार गुणा हुने बताइएको छ । यसअन्तर्गत १ सेकेन्डको चार्जमा १ किमि कार चलाउन सकिने छ । फुल चार्जमा भने यस्तो ब्याट्री समावेश गाडीले १००० किलोमिटरसम्म यात्रा गर्नसक्ने बताइएको छ ।हाल सीएटीएलको शेनसिङ ब्याट्री १० मिनेट चार्ज गर्दा ४०० किलोमिटर कुद्न सक्छ । यही ब्याट्रीलाई थप परिमार्जन गरेर कम्पनीले शेनसिङ प्लस ब्याट्री ल्याएको हो । सीएटीएलले विद्युतीय कारहरू चार्ज गर्ने ठाउँहरूको सहजताका लागि अन्य कम्पनीहरूसँग चार्जिङ स्टेसनहरूको नेटवर्क निर्माण गर्नसमेत काम गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार