आन्तरिक व्यवस्थापनमा ९ महिना खर्च भयो, अब इटहरी बनाउने योजनामा लाग्छौँ : मेयर पौडेल

आइतबार, ०७ फागुन २०७९
प्रकाश तिम्सिना, इटहरी । २०७१ साल पुष २८ गते तत्कालीन हासँपोसा, खनार, पकली र एकम्बा गाउँ विकास समितिलाई मिलाएर इटहरी उपमहानगर घोषणा यो। पुर्वपश्चिम राजमार्ग र कोशी राजमार्गले चिनाएको इटहरी प्रदेश १ को आन्तरिक आम्दानीका हिसाबले विराटनगर पछि दोश्रो स्थानमा आउँछ । अहिले उपमहानगरको आन्तरिक आम्दानी करिब २४ करोड हाराहारी रहेको दाबी गरिएको छ । उपमहानगर भएसगैं जुन रुपमा इटहरीमा विकासले गति लियो । तपाई हामीले सोचे भन्दा धेरै हो । अन्य छिमेकी पालिकाको भन्दा हरेक दुष्टिकोणले इटहरी अग्रभागमा देखिन्छ । तर यति भनिरहँदा इटहरी जुन अबस्थामा सहरको मोडलले अघि बढ्नु पर्ने हो । त्यो हुन सकेको छैन । जसका कारण आज इटहरी अब्यबस्थित सहरको रुपमा अघि बढेको देखिएको छ । बर्षेनी बाढीका कारण पटकपटक डुबानले धनमालको मात्रै हैन मानवीय क्षति समेत भोगिरहेको छ । भविष्यलाई आकंलन नगरी गरिएको विकास अहिले विनास सरह भएको छ । बुढी खोला, टेङ्ग्रा, खोला, खेतीखोला, सुकुमारीको जमिन मिचेर बर्सौै देखि बसिरहेका स्थानीयलाई हटाउन नसक्दा सामान्य पानी पर्दा डुवानमा तनाव खेप्निु परिरहेको छ । आन्तरिक आम्दानी तर्फ ब्यबहारिक निति नियम बनाउन नसक्दा वार्षिक आम्दानीको आधा भन्दा धेरै राजस्व बजारबाट उठ्न सकेको छैन । नेपाल सरकारले एक सय गन्तब्यमा राखेको पर्यटकीय क्षेत्र तालतलैयालाई आम्दानीको श्रोतको रुपमा हेर्न नसक्दा आज पनि तालतलैयाको अबस्था उस्तै छ । पर्यटकले तिरेको सिमित रकमबाट चलेको पर्यटकीय क्षेत्रले अहिलको अबस्थालाई हेर्ने हो भने वर्षाै आउँदा दिनमा आम्दानी गर्ला भन्ने अनुमान गर्ने अवस्था छैन । देशमा संघीयता आएसगैं स्थानीय सरकारलाई पर्याप्त अधिकार दिइएको छ । त्यसलाई सदुयोग गर्न नसक्दा इटहरी जुन रुपमा अघि बढ्नु पर्ने हो । त्यो हुन सकेको छैन । २०७४ सालको निर्वाचनबाट जनप्रतिनिधित्व गर्ने ब्यक्तिले शक्ति आफ्नो हातमा लिने र आफुँले सोचे अनुसारको काम गर्दा जनताका धेरै मुद्दा ओझेलमा परे । पहिलो पटक नै जनताको मत जित्न नसकेका जनप्रतिनिधिप्रतिको आक्रोश अहिले पनि उतिकै छ । पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोश्रो कार्यकाल सम्हाल्न आइपुगेका नगर प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीता कुमारी चौधरीलाई यस्ता अनेक प्रश्न अगाडी तेर्सिएका छन् । ९ महिनाको अवधिमा जनताका मुद्धा कहाँ पुगे ? कसरी उपमहानगर जवाफदेयी बन्दैछ ? अबको इटहरी कस्तो बन्छ ? लगायत विषयमा इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलको भनाई जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौं । ९ महिनाको अबधि ९ महिनाको अबधिमा आन्तरिक प्रशासन तथा सुशासन कायम गर्नेमा बित्यो । ऐन बनाउने, अपुर्ण देखिएका ऐनलाई संशोधन गर्ने, आन्तरिक ब्यबस्थापनलाई मजबुद बनाउने काम गरें । कर्मचारी प्रशासनलाई गतिशिलता बनाउने । सबै वडामा सिसि क्यामेरा, डिजिटल हाजिरीको सुरुवात गर्दै कर्मचारीलाई आफ्नो काम कर्तब्यलाई चुस्तदुरुस्त राख्न प्रयत्न गरियो । हामीले बैशाख १ गतेदेखि घर नक्सालाई पेपरलेस बनाउँदैछौं । अहिले यस अघि निर्माण भएका तर नक्सा पास नभएका घरलाई मापदण्ड पुगेका खण्डमा पास गर्ने गरी काम भईरहेको छ । विश्व बैंकको सहयोगमा १ अर्ब ३ करोडको भित्रि सडक कालोपत्रे र ड्रेन निर्माण सुरु भएको छ । एसियाली बिकास बैंकको सहयोगमा बाढी नियन्त्रणमा दिर्घकालीन योजनाका साथ डिपिआरको काम भईरहेको छ । सवारी साधनमा लाग्ने इन्धनलाई कम गर्ने गरी जिपिएस जडान गरिएको छ । खाद्य अनुसन्धान अधिकृत नियुक्त गर्ने, नगर भित्रका सबै विग्रिएका सवारी साधन बनाउने गरी मोटर ग्यालेजको काम भईरहेको छ ।नगर प्रहरी थपको ब्यबस्था गर्ने । स्मार्ट बसपार्कको काम अघि बढीरहेको छ । इटहरीको वास्तविक अबस्था, समस्या, ऐन, निति नियम बनाउने तयारीमा छौं । इटहरी चौक देखि दक्षिण तर्फ वर्षाै देखिको समस्या हल गर्दै ६ लेन सडकको काम भईरहेको छ । धरान लाईनमा भत्किन बाँकी घरसंरचना हटाउने सुचना जारी भएको छ । अब त्यो काम पनि सक्छौं । टेङ्ग्रा र खेती खोला सफाई गरी डुबान सम्बन्धी समस्या तत्काललाई हल गर्नेछौं । । स्थास्थ्य तर्फ इटहरी अस्पतालमा ८/९ जना विशेषज्ञ राखेर जनतालाई सेवा दिने तयारीमा छौं । डाईलासिस सेवा सुचारु गर्ने तयारीमा छौं । शिक्षा तर्फ पहिलो पटक विद्यालयहरुमा आन्तरिक लेखा परिक्षण सुरु गरेका छौं । शिक्षा ऐन संशोधन गर्ने, बैज्ञानिक रुपमा शिक्षालाई प्राथमिकता दिने गर्छाै । यस वर्ष इटहरीमा थारु भाषामा अध्ययन गर्ने गरी काम गरेका छौं । अटिजम विद्यालय पनि स्थापना गरेका छौं । भोलिका दिन इटहरीमा चुनौती र संभावना दुवै छ । यसलाई ब्यबस्थापन गर्न सके चाँडैं इटहरीमा देखिएका समस्या हल हुनेमा विश्वस्त छु । २० वर्षमा इटहरीलाई कहाँ पुर्याउने भन्ने मास्टर प्लान बनाउने तयारीमा छौ । तत्कालीन इटहरी नगरपालिका हुँदा रिङरोडको अध्ययन गरिएको थियो । उपमहानगरमा आसपासका चार गाउँविकास समिति मिलेपछि अध्ययन भएको छैन । त्यसलाई अध्ययन गरी नगर बस सञ्चालन योजनामा छोैं । पर्यटकीय क्षेत्र तालतलैयालाई स्थानीय सरकारको मातहतमा ल्याएर आम्दानीको श्रोत बनाउने लक्ष्य छ । वन क्षेत्र पर्ने भएकाले स्थानीय, प्रदेश र संघको कानुन बाझिएको छ । त्यसलाई समाधान गर्दै निजि करण गर्ने र आन्तरिक आम्दानीका रुपमा विकास गर्ने । यो विषयमा आगामी कार्यपालिका बैठकमा छलफल गर्दैछौं । आन्तरिक आम्दानी तर्फ हामी धेरै कमजोर छौं । घरबाहल कर अन्तर्गत ७ प्रतिशत तिर्नु पर्ने हो तर फर्जि रिपोर्ट पेस गर्ने र कर नतिर्ने पाइएको छ । यसलाई कडा रुपमा निति बनाएर सबैलाई करको दायरामा ल्याउने छौं । त्यसका लागि उद्योग वाणिज्य संघ इटहरीसगैं छलफल गरेर राजस्व परामर्श समितिको बैठकबाट वास्तविक कर तिर्न प्रेरित गर्छाै । आगामी फागुन १५ गतेबाट वास्तविक कर उठाउने क्षेत्र के के हुन् भन्नेबारे स्पष्ट हुनका निम्ति एउटा टोली बजारमा पठाउने तयारीमा छौं ।त्यस पछिको अबस्थालाई ध्यान दिदैं स्थानीय सरकारलाई घरभाडा तोक्न सक्ने अधिकार छ । यो लागू गर्छाै । करको दायरा फराकिलो पार्छाै । अहिले । ३० प्रतिशत मात्रै उठेको छ । १०० प्रतिशत बनाउने गरी लाग्छौं । इटहरी अस्पतालको अहिले भवन अन्तिम चरणमा पुगेको छ । भवन हस्तान्तरण भएसगैं विरामीले विराटनगर, धरान जाने कामको अन्त्य हुनेछ । भविष्यमा सिटि एमआरआई सुरु गर्नेछौं ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार