१) बलिउडका वरिष्ठ अभिनेता राज बब्बरले हरियाणाको गुरगाउँबाट चुनाव लडेका थिए । भारतीय कंग्रेसबाट टिकट पाएका उनलाई बीजेपीका नेता राव इन्दरजीत सिंहले ७५,०७९ मतान्तरले पराजित गरे ।
२) भोजपुरी स्टार पवन सिंह बिहारको कराकट क्षेत्रमा १,०५,८५८ मतान्तरले पराजित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका पवन भारतीय कम्युनिष्ट पार्टी मालेका नेता राजाराम सिंहसँग पराजित भएका हुन् । राजारामले ३,८०,५८१ मत ल्याउँदा पवन २,७४,७२३ मा रोकिए ।
३) बीजेपीबाट चुनाव लडेका दिनेशलाल यादव निरहुआ १,६१,०३५ मतान्तरले समाजवादी पार्टीका नेता धर्मेन्द्र यादवसँग पराजित भए ।
प्रतिक्रिया