६८ प्रतिशत मुद्दा फर्छ्यौट

शुक्रबार, २५ साउन २०८१
इलाम /  जिल्ला अदालत इलामले गत आर्थिक वर्ष २०८०र०८१ मा सात सय ६९ थान मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदालतले २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा एक हजार एक सय ३९ थान मुद्दामध्ये सात सय ६९ थान मुद्दा फर्छ्यौट गरेको हो । सूचना अधिकारी अर्जुन राईका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको तीन सय ९८ थान र नयाँ दर्ता सात सय ४१ थान गरी एक हजार एक सय ३९ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा दर्ता भएका मुद्दामध्ये ६८ प्रतिशत मुद्दा फर्छ्यौट भएको सूचना अधिकारी राईले बताए । जिल्ला अदालत इलाममा दुई वर्ष नाघेका कुनै मुद्दा नरहेको बताइएको छ। आर्थिक वर्ष २०८०र०८१ मा दुई दुई वर्ष नाघेका मुद्दा फैसला सङ्ख्या ५४ रहेको छ । दर्ता भएका र फर्छ्यौट भएकामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेको पाइएको छ । आर्थिक वर्ष २०८०र०८१ मा सम्बन्ध विच्छेदका मात्र जिम्मेवारी सरेको एक सय ८६ थान र नयाँ दर्ता चार सय ८२ थान गरी छ सय ६८ थान मुद्दा दर्ता भएका थिए । जसमध्ये मात्र पाँच सय चार थान मुद्दा फर्छ्यौट भएको छ । सम्बन्ध विच्छेदका एक सय ६८ थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । जबरजस्ती करणीका मुद्दा अदालतमा सरी आएको २१ थान र नयाँ दर्ता ३२ थान गरी ५३ थान मुद्दा दर्ता भएका थिए । जसमध्ये २८ थान मुद्दा फर्छ्यौट भएको छ भने २५ थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार