‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ सुनुवारलाई प्रदान

आइतबार, २७ साउन २०८१
इलाम / ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८१’ पत्रकार सुजता सुनुवारलाई प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५ औँ स्थापना दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवारलाई १० हजार राशिको पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङहाङलगायतले दोसल्ला ओढाई सम्मान पत्र र चेक हस्तान्तरण गरेका हुन् । २०६९ सालमा स्थानीय इलामको रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील सुनुवार काठमाडौँको उज्यालो रेडियो नेटवर्कमा आबद्ध छिन् । फोनिज इलामले स्थापना गरेको पुरस्कार हरेक वर्ष फोनिजको स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि पत्रकार द्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसकेका छन् । आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने बर्सेनि एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरिएको फोनिज इलाम उपाध्यक्ष याम माबोहाङले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार