झोलुङ्गे पुल र बाटो बगाएपछि घुन्सा र कञ्चनजङ्घा बेसक्याम्प आवतजावत ठप्प 

बुधबार, ३० साउन २०८१
ताप्लेजुङ : झोलुङ्गे पुल र बाटो बगाएपछि घुन्सा र कञ्चनजङ्घा बेसक्याम्प आवतजावत ठप्प भएको छ । कञ्चनजङ्घा आधार शिविर जाने प्रमुख पर्यटकीय मार्गको इलिफुक भन्ने स्थानमा गएको पहिरोले घुन्साखोला माथिको झोलुङ्गे पुल र बाटो क्षतविक्षत बनाएपछि घुन्सा र आधार शिविरतर्फ जाने पदमार्ग ठप्प भएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्व कार्यालय सचिव तथा स्थानीय तेन्जिङ वालुङ शेर्पाका अनुसार पहिरोले पुरेको पुरानो पदमार्ग नबनाएसम्म तत्कालै घुस्नातर्फ जान सकिने अवस्था छैन । कञ्चनजङ्घा आधार शिविर पाङपेमा घुन्सा हुँदै जाने हो । शेर्पाका अनुसार पहिरोले फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेप सेकाथुमका थाक्चे शेर्पाले होटल तथा पसल सञ्चालन गर्दै आएका दुई वटा घर पुरेर कहाँ पुग्यो भन्ने पत्तो छैन । उनको समेत करिब छ मन फल्ने अलैँचीवारि समेत पहिरोले बगाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार