इलाम / विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययनका लागि इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ।
लिला कुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीय सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा कोरिया गएकी थिइन् ।
उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्।
उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ।
निधनको कारण खुल्न नसकेको बताइएको छ।
उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेको माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए।
सोनुका बुबा लिला कुमार श्रेष्ठको २ महिनाअघि मलेसियामा निधन भएको थियो।
प्रतिक्रिया