सदरमुकामदेखि टाढा रहेका मिक्लाजुङ गाउँपालिका र तुम्बेवा गाउँपालिका बासिन्दाले समस्या खेप्नु परेको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी कामको सिलसिलामा रवि पुग्दा केही घण्टामानै ३० वटा नागरिकता र ३२ राष्ट्रिय परिचय पत्र बनाउने काम भए ।यसैले प्रष्टपार्छकी रविको इलाका प्रशासन कार्यालयमा अधिकृत कर्मचारी आवश्यक छ भन्ने । ग्रामीण क्षेत्र भएकाले अधिकृत कर्मचारीले आउने इच्छा गर्दैनन् । ‘अधिकृत कर्मचारी माग गरिरहेका छौँ । माथिबाट कर्मचारी नआएका कारण समस्या भएको छ’ पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले भने ‘पाँच वर्ष सेवा गरेको नासुलाई कामु दिएर चलाइए पनि अहिले मन्त्रालयले कामु दिएर कसैलाई खटाएको छैन ।’ एक महिना भन्दा अगाडीदेखि कार्यालयमा नागरिकता जारी गर्ने अधिकारी छैनन् । अधिकृतको दरबन्दी भए पनि यहाँ पठाइएको छैन । जिल्ला प्रशासन कार्यालय पाँचथरमा नायब सुब्बालाई कामु दिएर केही समय चलाएपछि अहिले कामु फिर्ता गरिएको छ । नागरिकता बनाउन सदरमुकाम आउनु पर्ने बाध्यता रहेको छ । बर्खाका कारण सडक बिग्रिएको छ । सेवाग्राही बस्दै सदरमुकाम आउनु पर्ने तथा कागज नमिल्दा समस्यामा पर्ने गरेका छन् । विगत लामो समयदेखि कार्यालय प्रमुख विहीन यो कार्यालयमा नायब सुब्बालाई कामु बनाएर पठाउने गरिन्छ तर नियमितता छैन । ‘बाटोको हालत छ । भनेको बेला गाडी चल्दैन’ मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार शेर्माले भने ‘नियमित अधिकृत बस्ने व्यवस्था मिलाइदिन पटक पटक अनुरोध गरेपनि भएको छैन ।’ इलाका प्रशासन कार्यालयको काम नागरिकता, परिचय पत्र बनाउने मात्र नर्भइ धेरै छन् । तर अहिले सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र बनाउनुपर्ने निर्णय गरेपछि यो क्षेत्रका ज्येष्ठ नागरिक तथा अपाङ्गहरू समस्यामा छन् । सदरमुकाम नै आई पुग्नु पर्ने बाध्यता छ । यो इलाका प्रशासन कार्यालयले ठुलो क्षेत्र समेट्छ । रवि बजार सहित सराङडाँड, आरुबोटे, कुरुम्बा, लिम्बा, दुर्दिम्बा, मौवा, हाङगुम, ओलने लगायतका क्षेत्रका सेवाग्राहीले सुविधा पाउँछन् ।
प्रतिक्रिया