इलाम/ डाक्टर गोविन्द केसीले इलामको देउमाई नगरपालिकामा सेवा दिने भएका छन् ।
देउमाई नगरपालिका स्थित मङ्गलबारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उनले सेवा दिने भएका हुन् । वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ केसीले भदौ ६ गतेबाट ८ गतेसम्म सेवा दिने भएको देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दाहालले बताए ।
उनले सूचना जारी गरेर सेवा सम्बन्धी जानकारी गराइएको बताएका छन् ।
तीन दिनसम्म सञ्चालन गरिने स्वास्थ्य उपचार हाड जोर्नी तथा नशा रोग बिरामीहरूलाई सहज हुने अपेक्षा लिइएको प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए ।
हाडजोनी सम्बन्धी समस्या भएका बिरामीलाई सहज होस भनेर कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
प्रतिक्रिया