प्रदेश प्रहरी समायोजनका लागि सङ्घीय प्रहरी कानुन संशोधन गर्दैछौं : गृहमन्त्री लेखक

विहीबार, ०६ भदौ २०८१
जनकपुरधाम : गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि सङ्घीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुननै बनाउन लागिएको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसद्मा पेस हुने बताए । प्रहरी सम्बन्धी सङ्घीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरू धमाधम हुने उनको दाबी छ । वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाईज नहुने र मुलुकमा शान्ति सुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाई छ । उनले राजनीतिक स्थितता, आर्थिक गतिविधि बढाउन, सङ्घीय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमान सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार