बालिका बलात्कार आरोपमा पाँचथरबाट शिक्षक पक्राउ

शनिबार, ०८ भदौ २०८१
पाँचथर / बालिका बलात्कार गरेको आरोपमा फिदिम नगरपालिकाका एक शिक्षक पक्राउ परेका छन् । फिदिम १२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका हुन् । पीडित बालिकाको परिवारले उजुरी दिएपछि फिदिम १३ स्थायी घर भएका नेम्बाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । नेम्बङमाथि १५ बर्सिया एक बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार फिदिम बजारको सुन्तली चोकको एक घरमा पीडित बालिका अभिभावकसहित बस्दै आएकी थिइन् । सोही घरमा नेम्बाङले आइतबार राति बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेस तामाङले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार