इलाम / इलाम नगरपालिका वडा ११ को माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र त्यही समूहकी कोषाध्यक्ष रिता साम्बाहाम्फे लोक्तामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अध्यक्ष कार्कीले ३९ लाख ३४ हजार एक सय चार रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । कोषाध्यक्ष लोक्तामले ३० लाख ७८ हजार छ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले २०७० सालदेखि ठेकेदार र समूह अध्यक्षसमेत रहेका कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुकलगायत कागजात आफैँले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैङ्क खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार रुपैयाँ वार्षिक कार्य योजना स्वीकृत नगरी बदनियत पूर्वक खर्च गरी रकम हिनामिना गरेको आरोप छ ।
यस्तै उनले कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार एक सय चार रुपैयाँको वन विनाश गरेको पुष्टि भएको घिमिरेले जनाए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा अध्यक्ष कार्कीविरुद्ध यो रकमको बिगो कायम गरी मुद्दा दायर भएको हो ।
कोषाध्यक्ष लोक्तामको संयुक्त दस्तखतमा खाता सञ्चालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएको अख्तियारले जनाएको छ ।
यो बिज्ञप्ति पनि पढ्नुहोस -
प्रतिक्रिया