सूर्योदयमा संविधान दिवसमा दौड प्रतियोगिता

विहीबार, ०३ असोज २०८१
इलाम / सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवस–२०८१ अवसरमा दौड प्रतियोगिता सम्पन्न भएको हो । नगरपालिकाले विभिन्न समूहमा कन्यादेखि फिक्कलसम्म दौड प्रतियोगिता गरेको हो । दौडमा मेयर रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडाध्यक्षहरू, जनप्रतिनिधिलगायत जिल्ला बाहिरका समेत सहभागी भएका थिए । खुला पुरुष दौडमा पाँचथर मिक्लाजुङका रोशन राई प्रथम, दमक नगरपालिकाका सरोज सिंह दोस्रो र मुक्सम लिम्बू तेस्रो भएका छन् । पुरुष भेट्रान्सतर्फ सूर्योदय नगरपालिका–११ का अविनारायण अधिकारी प्रथम, आइतमान राई दोस्रो र हेमन्त लावती तेस्रो भएका छन् । खुला महिला दौडमा मिक्लाजुङ गाउँपालिकाकी पुष्पा शेर्मा लिम्बू प्रथम, सूर्योदय नगरपालिका १२ की अर्चना राई दोस्रो र वर्षा राई तेस्रो भएका छन् । विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार