उनले यही वर्ष भित्रमा सबै भातृ सङ्गठनको चुनाव गरेर चुस्त पार्टी बनाउने अभियानमा केन्द्रीय समिति लागेको बताए । उनले काँग्रेसको विधान भड्किलो भएकाले संशोधन गरेर स्थानीय देखि केन्द्रीय समितिसम्म चुस्त बनाउने बताए ।
२०८१ सम्ममा सबै भातृ संगठनको चुनाव गरेर नेतृत्व चुन्न निर्देशन दिइसकेको बताउँदै उनले अब सबै काम सुरु हुने बताए ।
नेपाली काँग्रेस सूर्योदय नगर कार्य समितिको सभापति जीवन नेपालको अध्यक्षता तथा केन्द्रीय सदस्य खतिवडा प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री केशव थापा, नेपाली काँग्रेस जिल्ला सभापति डम्बर खड्का, पूर्व जिल्ला सभापति हिमालय कमचार्य, इलाम नगर सभापति तीर्थ गुरुङ, नेपाल महिला सङ्घ जिल्ला सभापति भगवती कोइराला, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया