वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको आग्रह

बुधबार, ०३ बैशाख २०८२
काठमाडौं : जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आमनागरिकमा आग्रह गरेका छन् । पछिल्लो केही दिनयतादेखि वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व भइरहेकोमा उनले आज सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकलाई आग्रह गरेका हुन् । ऐतिहासिक क्रान्तिको सहर वीरगञ्जको मौलिक पहिचान धार्मिकस्थल, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले उल्लेख गरेका छन् । मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहिआएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखापर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादका माध्यमबाट समाधान गर्ने गरिएको विगत रहेको बताए । केही दिनदेखि वीरगञ्जमा शान्ति सद्भावमा खलल पु¥याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जो कोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुनबमोजिम काम गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार