दुर्घटनामा घाइते भएकामध्ये १० जनाको हेटौंडास्थित विभिन्न अस्पतालमा र बाँकी चार जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा अस्पतालमा उपचाररत घाइतेहरूमा रौतहटका ५५ वर्षीय रामप्रकाश राउत, सर्लाही बरहथहवा नगरपालिका-८ का ५२ वर्षीय शिवशंकर राय, उनकी ४५ वर्षीया श्रीमती रिकिदेवी राय र २७ वर्षीय मनोज राय छन् । प्रहरीका अनुसार रामप्रकाशको अवस्था मध्यम र अन्य तीन जनाको अवस्था सामान्य छ ।
त्यस्तै, मकवानपुर सहकारी अस्पतालमा उपचाररत घाइतेहरूमा सर्लाही हरिहरपुर नगरपालिका-१ का २७ वर्षीय नवराज मगर, १६ वर्षीया प्रियंका मगर, १५ वर्षीय सृजन मगर, ४० वर्षीया जमुना मगर, १९ वर्षीय सुदिप रिसाल, सर्लाही विष्णुपुर गाउँपालिका-३ का २७ वर्षीय देवराजकुमार साह, ४२ वर्षीया किसुनव्रर्ती साह, सर्लाही बागमती गाउँपालिका-७ की १६ वर्षीया युनिका दर्लामी मगर र महोत्तरी गौशाला गाउँपालिका-५ का १६ वर्षीय आदित्य छोरचंगी मगर रहेका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय चालक कमल बहादुर दर्लामी मगरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र चालकसँग सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रतिक्रिया