बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको एक स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित अको पार्कमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए । अन्सारी बुधबार स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए । डुबेर घाइते भएका उनलाई उपचारका लागि भिम अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
प्रतिक्रिया