दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई धरौटीमा छाड्न आदेश

बुधबार, ०४ असार २०८२

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्यअन्तर्गत उक्त भिडियो खिचेको ठहर गर्दै उनलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश गरेको हो ।

उक्त आन्दोलनका क्रममा दाहालले मुख्य आरोपी दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका थिए । दाहाललाई राज्यविरुद्ध कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर भएको थियो ।

दाहालले खिचेका ती भिडियो र तस्बिर घटनाको अनुसन्धानका लागि पनि प्रयोग भएका थिए ।

दाहालले थुनछेक बहसका क्रममा आफू लुटपाट र आगजनीजस्ता समाजलाई आतङ्कित बनाउने कार्यमा सहभागी नभएको र समाचार सङ्कलनका क्रममा ती भिडियो आफ्नो च्यानलमार्फत प्रकाशन गरेको बताएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार