नेपालमा पहिलो पटक स्काईवेल पाईलट समिट हुँदै

शुक्रबार, ०५ बैशाख २०८२
इटहरी : विभिन्न वायुसेवा कम्पनीसँग आबद्ध रहेका नेपाली पाईलटहरु एउटै छाना मुनी सङ्गठित हुने अभिप्रायले हालै पाईलट एसोसिएसन अफ नेपाल सञ्चालनमा ल्याइएको छ । जससँगै सङ्गठित पाईलटहरु पाईलटको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका माध्यमबाट नेपालको हवाई उड्डयन क्षेत्रमा सकारात्मक अभिवृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् । यही प्रयासको पहिलो कदमका रूपमा आउँदो शनिवार नेपालको पहिलो पाईलट समिट, स्काईवेल पाईलट समिट २०२५ आयोजना हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे ज्युको प्रमुख आथित्यता रहनेछ । जसका लागि टाइटल स्पोनसरको रूपमा स्काईवेल, नेपालको पहिलो रियल इभी एसयुभीले साथ दिएको हो । टाइटल स्पोनसरको रूपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारिक आयातकर्ता जि. मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाईलट जस्तो संवेदनशील पेसाकर्मी सँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुसी व्यक्त गर्दै, यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाईलट र स्काईवेल दुवैको उद्देश्यमा मेल खाने भएकैले यो सहकार्य सम्भव भएको बताए । स्काईवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाईड इलेक्ट्रिक इभी हो भने यसले चाइना एनक्याप सेफ्टी रेटिङमा फाईभ स्टार रेटिङ प्राप्त गरेको छ । फाईभ स्टार एनक्याप सेफ्टी रेटिङ को सबैभन्दा उच्चतम मापदण्ड हो । नेपालकै पहिलो पाईलट समिटको टाइटल स्पोनसरको रूपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाईलट एसोसिएसन अफ नेपालको आधिकारिक मोविलिटी पार्टनरको रूपमा चिनिनेछ । सम्झौतामा हस्ताक्षर गर्दै पाईलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले सुरुवाती चरणमै देखाएको तत्परता र विश्वास प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिबद्ध संस्थाको सहकार्यको यो अनुपम नमुना भएको बताए । यस समिटको अवसर पारेर पाईट एसोसिएसनको औपचारिक शुभारम्भ घोषणा समेत गरिनेछ । यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाईलट एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको वार्षिक क्यालेन्डर समेत सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार