विराटनगर : मोरङको लेटाङमा मादक पदार्थ सेवन गरेर बाटोमा लडिरहेको अवस्थामा भेटिएका १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लेटाङ नगरपालिका ४ मिलन चोकका ३८ वर्षीय कमल श्रेष्ठ मापसे गरेर बाटोमा लडिरहेको अवस्थामा बिहीबार साँझ फेला परेका थिए ।
कमललाई तत्काल उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाइयो ।
अस्पताल पुर्याउनसाथ राति ९ः ३० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रतिक्रिया