जनकपुधामः मधेस बालिका सम्मेलन–२०८२ जनकपुरधाममा सुरु भएको छ । बुधवार जनकपुरधाममा ‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको हो ।
मधेस प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालिका सम्मेलनको उद्घाटन गर्दै मधेस प्रदेशको कलङ्कका रूपमा रहेको दाइजो, बालविवाह, बोक्सीजस्ता समस्याको समाधानका लागि सामाजिक जागरण फैलाउन जरुरी रहेको बताए ।
‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको हो ।
मधेस प्रदेशका महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले बालविवाह न्यूनीकरणका लागि छोरा र छोरीबिचको विभेद गर्न नहुने बताउँदै बालविवाह गरेको भए हामीहरूले बहिष्कार गर्न जरुरी रहेको उल्लेख गरिन् ।
राष्ट्रिय मानवअधिकार आयोगका मधेस प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनीले बालविवाह हुन नहुने पक्षमा मानवअधिकार आयोग दृढ भएको बताए ।
मधेस प्रदेशमा हाल ३४ प्रतिशत बालविवाह रहेको छ । पाँच वर्ष अगाडि बालविवाह गर्नेको सङ्ख्या ४२ प्रतिशत रहेकामा हाल घटेको हो ।
प्रतिक्रिया