ताप्लेजुङ :ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमका एकै परिवारका ४ जनाको पहिरोमा परि निधन भएको छ ।
खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा ७१ वर्षीय रामबहादुर साम्रा, श्रीमती जसमाया लिबाङ (साम्रा), १२ वर्षीय गङ्गा र जमुना साम्राको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उक्त क्षेत्रमा सिवा प्रहरी चौकीबाट प्रहरीको टोली परिचालन भएको र शव उद्धारको कार्य भएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रबी रावलले जानकारी दिए ।
मृतक ४ जनाकै शव भेटिएको उनले बताए । उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । मानवीय बाहेक क्षतिको विवरण आउन बाँकी छ ।
Discussion about this post