सप्तकोशी नदी हुँदै लागू औषध तस्करीको प्रयास असफल, २०० किलो गाँजा बरामद

शुक्रबार, १६ जेठ २०८२

सुनसरी : सप्तकोशी नदी हुँदै गाँजा ओसारपसार गर्ने योजनालाई प्रहरीले विफल पार्दै २०० किलोग्राम गाँजा बरामद गरेको छ।

लागू औषध तस्करीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतरा प्रहरीको संयुक्त टोलीले शुक्रबार बिहान साढे २ बजे बराहक्षेत्र नगरपालिका–१ अन्तर्गत सप्तकोशी नदी क्षेत्रमा निगरानी बढाएको थियो।

नदीमा बगिरहेको अवस्थामा दुई वटा ट्यूब फेला पारेपछि प्रहरीले ती ट्यूबलाई पछ्याउँदै कोशी पुलदेखि १ किलोमिटर दक्षिणतर्फको नदी किनारमा ल्याएर खोजतलास गर्‍यो। त्यस क्रममा ८ वटा प्लास्टिकको बोरामा प्याक गरिएको २०० केजी गाँजा फेला परेको हो।

बरामद गरिएको गाँजा र ट्यूब हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार