राष्ट्रपति पौडेलले लगाए टीका

विहीबार, १६ असोज २०८२

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् ।

बिहीबार बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पौडेलले गुरु देवराज अर्याल र निजी पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन् ।

टीका ग्रहण गरेपछि उनले प्रथम महिला सहित परिवारका सदस्यलाई पनि टीका लगाइदिए ।

तर, यस वर्ष राष्ट्रपति पौडेलले नागरिकलाई टीका लगाउने कार्यक्रम भने नगर्ने भएका छन् ।

देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै आम नागरिकलाई टीका लगाउने कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपति कार्यालयमा बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने परम्परा रहँदै आएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार