प्रधानमन्त्री कार्की भन्छिन,: ‘जेनजीको क्रान्ति स्वीकार्नैपर्छ, युवाको भावनामा सम्मान दिनुपर्छ’

विहीबार, २३ असोज २०८२

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको आवाज र भावनालाई विगतका सरकारहरूले बुझ्न नसकेको स्वीकार गर्दै त्यसको कमजोरी विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताएकी छन्।

जेनजी आन्दोलनको एक महिनाको अवसरमा जारी भिडिओ सम्बोधनमा उनले भनेकी छन् कि सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्णरूपले प्रतिबद्ध रहेको छ।

प्रधानमन्त्री कार्कीले युवाको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्दै भनिन्,

“युवा पुस्तामा निराशा छ भने अर्कोतिर देशप्रति गहिरो माया पनि छ। उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु।

विगतका सरकारहरूले उनीहरूको आवाज सुन्न सकेनन्, माग सम्बोधन गर्न सकेनन्। यसको जिम्मेवारी हामी सबैले विनम्रतापूर्वक स्विकार्नुपर्छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार