झापा । सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीले झापाका व्यवसायीसँग सीमा सुरक्षा र चोरी–पैठारी नियन्त्रण सम्बन्धी विषयमा व्यापक छलफल गरेका छन्।
सुवेदीले शुक्रबार बिर्तामोड र काँकडभिट्टाका व्यवसायीसँग छुट्टाछुट्टै रूपमा भेटघाट गर्दै झापाको समग्र व्यापारिक वातावरण, सीमा क्षेत्रमा देखिएका चुनौती, चोरी–पैठारी गतिविधि तथा सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिकाबारे धारणा सुनेका हुन्।
बिर्तामोड उद्योग–वाणिज्य संघको सभाहलमा गरिएको कार्यक्रमका क्रममा संघका अध्यक्ष राजु न्यौपाने, वरिष्ठ उपाध्यक्ष राजकुमार (राजु) घिमिरे, महासचिव कुशल खतिवडा, कोषाध्यक्ष युवराज निरौला, युवा व्यवसायी रमेश चौधरीलगायतले स्थानीय व्यापारिक अवस्थाबारे जानकारी दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीसहित सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरूको सहभागिता थियो।
सीमाक्षेत्रमा बढ्दो चोरी–पैठारी, सुरक्षा चुनौती, व्यावसायिक गतिविधिमा पर्ने प्रभावलगायत विषयमा जानकारी लिंदै एसएसपी सुवेदीले सशस्त्र प्रहरीले आगामी दिनमा समन्वय, गस्ती, निगरानी र बिनाअनुमति आवत–जावत नियन्त्रणका कडाइसम्बन्धी योजनाबारे प्रकाश पारेका छन्।
प्रतिक्रिया